काठमाडौं, २० कात्तिक । सर्वाेच्च अदालतले वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।
बुधबार न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले यादवको मुद्दामा अन्तरिम आदेश नदिएर उम्मेदवारी खारेज गर्ने निर्णयलाई सदर गरेको हो । यससँगै यादवको उम्मेदवारी खारेज भएको छ ।
सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्य उम्मदेवार रहेका यादवको मुद्दा अदालतमा चलिरहेकाले चुनाव लड्न नपाउने भन्दै हप्ता दिनअघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध शिवपुजन अदालत गएका थिए । तर, अदालतले अन्तरिम आदेश दिन मानेन ।
यादवको उम्मेदवारी अदालतबाटै खारेज भएपछि सर्लाही ४ मा कांग्रेस उम्मेदवार अमरेश कुमार सिंहलाई चुनावमा केही राहत भएको छ ।















प्रतिक्रिया