२ कार्तिक २०८३, सोमबार

आज राति १२ वजेसम्म गन्तव्यमा पुग्ने व्यवस्था मिलाउनुहोस्, भोलि गाडी चल्दैनः गृह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । बिहीबार निर्वाचन हुने ४५ जिल्लाहरुमा निर्वाचन अवधिभर सार्वजनिक सवारी साधन चलाउन नपाइने गृह मन्त्रालयले बताएको छ । बुधबार गृहले सूचना जारी गरी बुधबार राति १२ वजेदेखि बिहीबार साँझ ७ वजेसम्म सुरक्षा निकायका तथा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन नपाउने बताएको हो ।

गृहले सर्वसाधारणलाई बुधबार राति १२ वजेअघि नै गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । निर्वाचन हुने जिल्लाहरु भएर यात्रा गर्ने सवारी साधन पनि सो दिनमा चल्न पाउने छैनन् । तर सो समयमा अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्वुलेन्स, दमकल, खानेपानी ट्यांकर, दुध ढुवानी गर्ने साधन, शवबाहन तथा दूरसञ्चारका सवारीसाधन भने चल्न पाउनेछन् । सो समयमा सवारी सञ्चालन अनुमतिको लागि प्रशासनबाट विशेष पास लिएकाहरुले पनि सवारी साधन चलाउन पाउनेछन् ।