बर्दिया, १८ मंसिर । सिंचाई मन्त्री एवं प्रतिनीधि सभा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार संजय गौतमको अनियमितताका कारण जब्दीघाट पुल भासिएको तिलक शर्मा हिमालले आरोप लगाएका छन् ।
बर्दियाको सदरमुकाम गुलरिया हुँदै मगरागडी जोडन् जब्दीघाटमा निर्माण भएको पुल संजय गौतमको अनियमितताका कारण निर्माण भएको एक महिना नवित्दै भासिएको बाम गठबन्धनबाट प्रदेश सभाका उम्मेदवार तीलक शर्मा हिमालले आरोप लगाएका हुन् ।
गत साउन २८ गते बबई नदिमा आएको बाढीका कारण उक्त पुल निर्माण भएको एक महिना नवित्दै भासिएको थियो ।
निर्माण सम्पन्न भएपछि पुलमा अनियमितता भएको स्थानीयबाट जन दवाव आएपछि जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले छानविन सुरु गर्न खोज्दा तत्कालिन अवस्थामा सांसद रहेका संजय गौतमले अवरोध गरेका थिए ।
प्रमुख जिल्ला अधिकारीले निर्माण कम्पनीले गरेको कामको विषयमा छानविन सुरु गर्न खोज्दा अवरोध गरी निर्माण कम्पनीसंग मिलेर ठूलो रकम लिई अनियमितता गरेको उम्मेदवार हिमालले बताए । हिमालले भने– ‘नेपाली काँग्रेसले जहिले पनि जनतालाई भ्रममा पार्ने, जनतालाई पशु सम्झने र भोट किनेर चुनाव जित्न सकिन्छ भन्ने सोच भएको काँग्रेसीया चिन्तन हो ।’ पहिलो चरणमा भएको चुनावमा काँग्रेसले १–२ वटा क्षेत्र बाहेक सबै क्षेत्रमा पराजय भैसकेको छ भन्दै तिलक शर्मा हिमालले भने बाम गठबन्धनका तर्फबाट २ तिहाई बहुमत ल्याएर जित्दैछौं ।
अब कम्यूनिष्टहरु एक भएर जाने निश्चित भैसकेको बताउँदै हिमालले भने जनताको सेवा गर्नु बाहेक हाम्रो अन्य कुनै स्वार्थ छैन । नेपाली काँग्रेसले मधेसी समुदायमा नागरिकता खोस्छ बोर्डर सिल हुन्छ भन्ने भ्रम फैलाउँदै हिडेको भन्दै उक्त भ्रममा नपर्न समेत उम्मेदवार हिमालले जनतालाई आग्रह गरे ।

















प्रतिक्रिया