२ कार्तिक २०८३, सोमबार

काँग्रेस नेता गगन थापामाथि आक्रमण गरेको आशंकामा ४० जना पक्राउ

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सानेपा (ललितपुर), १८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा काठमाडौ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ४० जनालाई गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्र बहादुर धानुकले बुढानीलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए । एसएसपी धानुकले अहिले काठमाडौँ उपत्यकाको चारैतिर प्रहरीले चेकिङ थालेको बताउदै तीन वटै जिल्लाका मतदानस्थलमा म्यादी, जनपथ, शसस्त्र र बाहिरी घेरामा सेनाको सुरक्षा दिइएको बताए ।

उनले साँझ सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती पनि बढाइएको र शान्ति सुरक्षाको अवस्थामा कुनै कमजोरी हुन नदिइएको पनि बताए । चुनावी प्रचार अभियानमा रहेका थापालाई लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका २ चपलीको महादेव कोलोनीमा बम आक्रमण भएको थियो । सो आक्रमणमा थापासहित उनका ११ जना सहयोगी घाइते भएका छन् ।