काठमाडौँ, १८ मंसिर । सोमबार बुढानिलकण्ठ–२ मा घरदैलोको क्रममा रहेका काँग्रेस नेता गगन थापाको बम प्रहारमा परि घाइते भएका छन् । बमको छर्राले थापाको टाउको र पिँठ्युमा चोट लागेको छ । थापाको हाल त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
घाइते थापाको अवस्था हाल खतरामुक्त रहेको उनको उपचारमा सम्लग्न चिकित्सकहरूले बताएका छन् । थापालाई लक्षित गरी बम प्रहार गरिए पनि उनी छिटो हिँडेकाले उनको पछाडि बम पड्केको थियो । पछाडिबाट आएको छर्राले उनको पिठ्यूमा लागेको बताइएको छ ।
बम विस्फोटनमा परि थापासहित १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भीर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । घाइतेमध्ये जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेनु बडुवाल र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको छ । अन्य सुमन खड्का, रविन्द्र कार्की, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, काशीलाल श्रेष्ठ र पर्शुराम श्रेष्ठ सामान्य घाइते भएको चिकित्सकहरुले बताएका छन् ।















प्रतिक्रिया