२ कार्तिक २०८३, सोमबार

बम आक्रमणपछि गगनको कडा प्रतिक्रिया, अस्पतालबाटै मतदातालाई के भने ?

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले आफूमाथि योजनाबद्ध तरिकाबाट बम आक्रमण भएको बताएका छन् ।

सोमबार बिहान घरदैलोका क्रममा बम आक्रमणमा परी घाइते भई शिक्षण अस्पतालमा उपचार गराइरहेका नेता थापाले आफनो हत्या गर्ने उद्देश्यले बम विस्फोट गराइएको र आफू भाग्यवश बाँचेको प्रतिक्रिया दिए । साथै उनले मतदातालाई आतंकित नभइ मतदानमा सहभागी हुन अपिल समेत गरेका छन् ।

आफूमाथि योजनाबद्ध तरिकाले घरदैलोको क्रममा भौतिक आक्रमण भएको बताउँदै नेता थापाले भने, हिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुनुस्, मतदानमा सहभागी हुनुस्।

चुनावी प्रचारका लागि चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा गरिरहँदा आज विहान एक्कासी बम विस्फोट गराइएको थियो । विस्फोटबाट थापासहित ५ कार्यकर्ता घाइते भएका छन् । उनीहरु सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।