२ कार्तिक २०८३, सोमबार

गगन थापामाथि बुढानिलकण्ठमा बम प्रहार, थापासहित ५ घाइते

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि बम आक्रमण भएको छ ।

चुनावी प्रचार अभियानमा सरिक भएको अवस्थामा बुढानिलकण्ठ नगरपालिका भंगालमा आक्रमण भएको नेपाली कांग्रेसले जनाएको छ ।

आक्रमणमा थापा सहित चार अन्य सहयोगीहरु घाइते भएको जनाइएको छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।

बम आक्रमणबाट गगनको ढाड र कानमा चोट लागेको सहयोगी सविन मुडवरीले जानकारी दिए । उनका अनुसार आक्रमणकारी बम हानेर भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानले जनाएका छन् ।