५ कार्तिक २०८३, बिहिबार

भण्डारा-मलेखु सडक वैकल्पिक राजमार्ग निर्माण

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शालिग्राम नेपाल

चितवन, १८ मंसिर । निवर्तमान संसद सुरेन्द्र पाण्डेको पहलमा निर्माण भइराखेको भण्डारा मलेखु सडक खण्ड राजमार्गको रुपमा विकास हुने भएको छ ।

पाण्डे अर्थ मन्त्री भएको समयमा चेपाङ मार्गको रुपमा निर्माण कार्य थालनी भएको सो सडकलाई अहिले मुग्लिन नारायणगढको वैकल्पिक राजमार्गको रुपमा विकास गर्न थालिएको छ । जोखिम पूर्ण राजमार्ग भएको कारण सयौले मुग्लिनको सडकमा ज्यान गुमाउदै आएका छन् ।

भण्डारादेखि मलेखुसम्म पुग्न छोटो दुरीको यस सडकलाई राजमार्गको रुपमा विकास गर्नको लागि एसियाली विकास बैकको सहयोगमा पुन निर्माण हुन लागेको हो । सडक डिभिजन कार्यालय भरतपुरको मातहतमा निर्माण भइरहेको सडकलाई अझ चौडा वनाएर एडीवीले निर्माण गर्न लागेको हो ।

करिव ८ वर्ष अगाडि निर्माण भएको सडकमा अहिले मिनि वस तथा जीप सञ्चालन हुदै आएको छ । ६१ किलोमिटर रहेको सडकलाई विस्तार गरी कालोपत्रेको काम अगाडि वढेको छ । आउदो वैशाखसम्म नाला सहित ५ किलोमिटर कालोपत्रे सम्पन्न गर्ने तयारी छ । घुमाउरो भएको र पहाड चड्नु पर्ने स्थानमा सुरुङ वनाइ लैजाने तयारी छ । यसरी निर्माण हुदा ५० किलोमिटरको दुरी भण्डारा मलेखु रहने प्राविधिकहरुले जनाएको छ ।

सो राजमार्गको वासवाङ्ग नजिकैबाट करिव ४ किलोमिटर सुरुङ्ग मार्ग वनाउन सके यसको दुरी अझ घट्न सक्छ । यो सडकको केही भागमा सुरुङ्ग मार्गको लागि काम अगाडि वढेको सोही क्षेत्रका निर्वतमान संसद सुरेन्द्र पाण्डेले बताउनु भयोे ।

चितवनबाट राजधानी जानको लागि सवै भन्दा छोटो र उपयुक्तबाटो भएकाले यसलाई प्राथमिकतामा राखेर बिकासको काम अगाडि वढेको जानकारी दिनु भयो । कृषि सडकको रुपमा हेरिएको छैन उहाले भन्नु भयो समयको माग अनुसार यसको विकास छुट्टै ढंगबाट गरिन थालिएको छ । अव यसलाई राजमार्गको रुपमा लैजानको लागि एडीवीको लगानीमा निर्माण हुने छ जसबाट भण्डाराबाट सिधै मलेखु निस्कन सकिन्छ ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकृत वसन्तकुमार गाँइका अनुसार असार मसान्तसम्म भण्डारादेखि मलेखु सडकको ५ किलोमिटर सडकमा कालोपत्रे भइसक्ने बताउनु भयो । यो सडक निर्माणको जिम्मा कार्यालयलाई दिएको हो हामीले कामलाई तिब्रता दिएका छौ ।

अहिले नालाको निर्माण काम अन्तिम चरणमा पुगेको छ उहाले भन्नु भयो कालोपत्रे हुने स्थानमा कल्वट पुल निर्माण भइसकेको छ । यो सडकमा साना ठुला गरेर करिव एक दर्जन पुल निर्माण गर्नु पर्नेछ । यसको लागि हामीले माग गरेका छौ । सडकको स्तर उन्नती गर्दै निर्माणको लागि एडीवीले सहयोग गर्ने भएकाले केही हप्तापछिनै निर्माणको जिम्मा लिने छ ।

लोथरसम्म सवारी साधन चल्दै आएको सो मार्गलाई कालोपत्रे गरी ठुलो राजमार्गको रुपमा विकास गर्न थालेपछि यहाँ जग्गाको मुल्य आकासिएको छ । स्थानीयहरुले आफ्नो जीवन फेरिन थालेको भन्दै खुसी भएका छन् । निवर्तमान संसद पाण्डेले गरेको पहलका कारण यहाँको विकासले काचुली फेरेको लोथरको सानुभाइ चेपाङले बताउनु भयो ।

पाण्डेले यो संगै आफ्नो चार वर्षे ससंदीय कालमा निर्वाचन क्षेत्रमा दुइसय किलोमिटर सडक कालोपत्रे गरेका छन् । त्यस्तै सौराहामा अन्र्तराष्ट्रिय सभागृह निर्माणको पहल, खानेपानी नपुगेको स्थानमा व्यवस्था, सौराहा लोथर सडक निर्माण गरी पर्यटकीय नयाँ गन्तव्यको विकास जस्ता काम गरिसकेका छन् ।