२ कार्तिक २०८३, सोमबार

आरजु हराउन कैलाली ५ मा आक्रामक रुपमा उत्रियो वाम गठबन्धन, उम्मेदवारहरु ढुक्क

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १७ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा बाम गठबन्धनले चुनावी प्रचार अभियानलाई तीव्रता दिएको छ । नगरका विभिन्न क्षेत्रमा घरदैलोसंगै सभाहरु भईरहेका छन् । शनिबार धनगढीको वडा नम्बर ६ मा घरदैलो तथा वडा नम्बर २ को पुरानो भन्सार रोड सन्तोषीटोल र बैय्याबेहडीमा कोणसभा तथा वडा नम्बर ४ मा युवा भेला र महिला भेला गरेको छ । यस्तै प्रदेश सभा १ का विभिन्न क्षेत्रमा पनि चुनावी सभाहरु भएका छन् ।

भन्साररोड, सन्तोषीटोल, बैय्याबेहडी क्षेत्रमा गरिएका कोणसभाहरुमा यो क्षेत्रमा बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा २ का उम्मेदवार रमेश धामी, माओवादी पोलिटब्यूरो सदस्य टेकेन्द्र भट्ट, एमाले केन्द्रीय सदस्य महेश्वर पाठक, एमाले जिल्ला सचिव रणबहादुर चन्द, गठबन्धनका नेता निर्मल शाह, दीर्घ जोशीलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा उम्मेदवार रानाले वाम गठबन्धनलाई लिएर काँग्रेसले अपवाह फैलाई रहेको बताएका थिए । उनले काँग्रेसले भनेजस्तो अतिवाद नेपालमा संभव नभएको भन्दै देशको स्थायीत्व र विकासका लागि बाम गठबन्धन भएको बताए । ‘काँग्रेसले अरु दलसंग गठबन्धन गर्न हुने तर एमाले–माओवादी गठबन्धन हुँदा अधिनायकवाद ल्याउन खोजियो भन्ने ?’ रानाले भने, ‘हाम्रो गठबन्धनको उद्देश्य स्थायी सरकारमार्फत् देशको विकास र समृद्धि हो र राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु हो ।’

प्रदेश सभाका उम्मेदवार रमेश धामीले विगतमा आफूहरु राजनीतिक परिवर्तनका लागि जनयुद्ध लडेको उल्लेख गर्दै अब आर्थिक विकार र समृद्धिका लागि लड्ने बताए । ‘हामीले राजनीतिक परिवर्तन ग-यौं । अब विकास र समृद्धिबाहेक हाम्रो अरु कुनै उद्देश्य छैन ।’

उनले यो क्षेत्रका सबै ग्रामीण क्षेत्रमा विकासका सबैजसो पूर्वाधारहरु पु-याईने प्रतिवद्धता जनाए । ‘म लामो समयदेखि यहाँका जनताको सेवामा खटिएको छु । अब जनप्रतिनिधिका रुपमा जनताको सेवा गर्ने अवसर दिन म यहाँका आम मतदातालाई आग्रह गर्छु ।’ उनले भने, ‘जनप्रतिनिधिका रुपमा म मेरो क्षेत्रको विकासमा केन्द्रीत हुने र जनताका हरेक समस्यामा साथ दिने प्रतिवद्धता व्यक्त गर्छु ।’

उनले पिछडिएको जनजाती र विपन्न वर्गको उत्थानका कार्यक्रमहरु ल्याईने बताए । यो क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने र धनगढीलाई महानगरपालिका बनाएर प्रदेशको राजधानी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।