काठमाडौं, १७ मंसिर । तीन टेलिफोन सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले नेपालमा फोरजी सेवाको विस्तार गरिसकेका छन् । यो क्रममा तीनै टेलिफोन सेवाप्रदायक कम्पनीको फोरजी सेवाको सुरुवात सहर केन्द्रित भयो ।
गाउँबाट टेलिफोन सेवा सुरुवात गरेको स्मार्ट टेलिकमको पनि फोरजी सेवाको सुरुवात काठमाडौं, पोखरालगायत ठूला सहरबाट भएको छ ।
सहरोन्मुख देखिएको फोरजी सेवाको विस्तारले गाउँलाई अझै छुन सकेको छैन । विस्तारका क्रममा रहेको एनसेलले अहिलेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दमौली, पोखरा, विराटनगर, दमक, भरतपुर, बिर्तामोड, दमक, धरान, भरतपुर, हेटौंडा, वीरगन्ज, भैरहवा, बुटवल, नेपालगन्ज, कोहलपुर र वीरेन्द्रनगर गरी २१ सहरमा फोरजी सेवा पुर्याइसकेको छ । नेपाल टेलिकम र स्मार्टसेलले काठमाडौं, ललितपुर, भक्तपुर र पोखराभन्दा अन्य सहरमा विस्तार गर्न सकेका छैनन् ।
विस्तारको क्रममा एनसेल अघि भए तापनि फोरजी सेवामा भने अहिले स्मार्टसेल अब्बल छ। स्मार्टसेलले १० मेगाहर्जबाट फोरजी सेवाको विस्तार गरेको छ । यो स्मार्टसेलका लागि सबैभन्दा राम्रो पक्ष पनि भएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । नेपाल टेलिकम र एनसेलले पाँच मेगाहर्जबाट फोरजी सेवा दिइरहेका छन् । यसले गर्दा यी दुई कम्पनीको फोरजी सेवाको गति स्मार्टसेलको तुलनामा कम छ ।
स्मार्टसेलले ७२ एमबीपीएस डाउनलोड स्पिड अफर गरिरहँदा नेपाल टेलिकमले ३२.४ एबीपीएस र एनसेलले ३७ एमबीपीएस डाउनलोड स्पिड दिएका छन् । कम्पनीले जतिसुकै स्पिड अफर गरे तापनि ग्राहकले त्योअनुसारको स्पिडमा इन्टरनेट प्रयोग भने गर्न भने पाएका छैनन् ।
मंगलबार बिहान ११ बजे गरिएको फोरजी स्पिड टेस्टलाई आधार मान्ने हो भने सेवाप्रदायक कम्पनीमध्य एनसेलको फोरजी नेटोर्कमा सबैभन्दा कम स्पिड छ । उक्त स्पिड टेस्ट गर्ने क्रममा विभिन्न एपको प्रयोग गरिएको थियो । त्यसमध्ये स्पिड टेस्टरले देखाएअनुसार स्मार्टसेलको डाउनलोड स्पिड २४.४८ एमबीपीएस र अपलोड स्पिड ४.६६ एमबीपीएस छ ।















प्रतिक्रिया