५ कार्तिक २०८३, बिहिबार

कृषि विकास बैंकको ५ करोड हिनामिना गर्ने तीन अभियुक्त पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । कृषि विकास बैंकको मौज्दात रकम करिव चार करोड ९१ लाख हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआबीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने बर्ष ३२ की दिपिका रेग्मी, तेह्रथुमको सिम्ले गाविस–५ घर भई हाल काठमाडौँ–१६, बालाजु बस्ने बर्ष ४२ का प्रकाश घतानी तथा दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ–३२ बस्ने ४२ वर्षीय रमेश कुमार थापा रहेका छन् ।

अभियुक्तहरुले कृषि विकास बैंक लिमिटेड, रामशाहपथ, काठमाडौँको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु-याएको सीआबीले जनाएको छ । रकम हिनामिना कार्यमा बैंकको न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको सीआईबीको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात सीआईबीको टोलीले काठमाडौँका विभिन्न ठाँउबाट गत मंसिर १३ गते उनीहरुलाई पक्राउ गरी उच्च अदालत पाटनमा बुझाएको थियो । अदालतबाट पाँच दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबीले बताएको छ ।