१ कार्तिक २०८३, आइतबार

‘स्थानीय निकायमा इन्टरनेटको सुविधा पु-याइने’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १६ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु-याउन लागेको बताउनुभएको छ ।

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पु-याउने तयारी भएको छ भन्नुभयो ।

रेडियो नेपालको प्रादेशिक कार्यालयको निरीक्षणका लागि दाङ आउनुभएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताउनुभयो । रासस