२ कार्तिक २०८३, सोमबार

नवराज सिलवाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार लामाले फिर्ता लिए उम्मेदवारी

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका आकाश लामाले बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाललाई समर्थन गरेको छन् । लामाले गोटिखेलमा सम्पन्न बाम गठबन्धनको जनसभामै सम्बोधन गरी उम्मेदवारी स्थगन गरेका हुन् ।

ललितपुरको विकासलाई बाम गठबन्धनले मात्र अघि बढाउन सक्ने र त्यसको लागि दुरदर्शी भिजन नवराज सिलवालसँग रहेकोले यो निर्वाचनमा उनलाई समर्थन गर्दैै लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए । ‘गुलाफ चिन्ह’ लिएर चुनाव प्रचारमा रहेका लामाले दशैभर बाम गठबन्धनको माहौल रहेको र आजको राष्ट्रिय आवश्यकता बाम गठबन्धनको बहुमतको सरकार भएकाले अब पनि बाम गठबन्धनलाई नसघाउनेले आफ्नो र आफ्नो मुलुकको भविष्यमाथि प्रश्न चिन्ह उठाएको दाबी पनि गरे ।

लामा भन्छन्, ‘यस ललितपुर क्षेत्र नम्बर १ का जनताको भावना र चाहाना बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउने रहेको छ । जनताले नवराज सिलवालको नेतृत्व चाहेका छन् । त्यसैले नवराज सिलवाललाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिन्छु ।’

यसैगरी सो चुनावी सभामा ललितपुर १ ‘क’ प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका कुमार बरामले पनि बाम गठबन्धनकी उम्मेदवार लालकुमारी पुन (शुशिला) लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । लामा र बराम दुवैले राष्ट्रिय आवश्यकता बाम गठबन्धनको विजय रहेकोले बाम गठबन्धनलाई समर्थन गरेको बताएका छन् ।

गोटिखेलमा सम्पन्न उक्त चुनावी जनसभा दक्षिण ललितपुरको २०५६ सालपछिकै ठूलो सभा रहेको स्थानीयको भनाइ रहेको छ । उक्त सभामा नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन, उम्मेदवारहरु नवराज सिलवाल, शुशिला पुन, चेतनाथ सञ्जेललगायतले सम्बोधन गरेका थिए ।