१ कार्तिक २०८३, आइतबार

सगुनमा लगानी गर्ने समय आइतबारसम्म थप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ मंसिर । लगानीकर्ताहरुको व्यापक रुची तथा मागलाई ध्यान दिंदै सामाजिक सन्जालमा आधारित व्यावसायिक कंपनी सगुनमा लगानी गर्नकालागि समय ७२ घण्टा बढाइएको सो कंपनीले जनाएको छ।

यसअघि लगानी गर्ने म्याद ३० नोभेम्बर रातीसम्म रहेकोमा अब डिसेम्बर ३ तारिख, आइतबार मध्यरात (न्यूयोर्क समय) सम्म लगानी गर्न म्याद थपिएको सगुनले जनाएको छ ।

‘सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आउनु भएको छ’, सगुनका संस्थापक गोविन्द गिरीले भने । ‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएकाकारण हाल खुल्ला रहेको शेयर बिक्री अवधि ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।’

सगुनको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यावहारिक र प्राविधिक कठिनाइका कारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको सो कंपनीले जनाएको छ ।

अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएका कारण त्यहाँको समस्या समाधान गर्न र लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको समय पर्याप्त हुने विश्वास गिरीले व्यक्त गरे । उनले सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पुरा गर्न अनुरोध गर्दै अब यो भन्दा अरु समय थप नहुने जानकारी पनि दिए ।

हाल थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले https://www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् । लगानी सम्बन्धि कुनै प्रकारको जिज्ञासा वा प्रश्न भएमा सगुनको साइटमा २४ सै घण्टा उलपब्ध ‘लाइभ च्याट’बाट सहयोग लिन सकिने पनि सगुनले जनाएको छ ।