काठमाडौं, ५ मंसिर । नेपालका प्लाष्टिक उद्यमी व्यवसायीहरु आफ्नो व्यवसायलाई समय अनुसार स्तरोन्नति गर्न आधुनिक प्रविधि र प्रकृया अपनाउने बताइएको छ ।
हालका दिनहरुमा उपभोक्तामा आएको वदलिदो उपभोग्य आनीवानीले मध्यम र न्युन आय वर्गका व्यक्तिहरुमा प्रतिव्यक्ति उपभोगको स्तरमा तिव्र वृद्धि हुँदै आएको जनाइएको छ ।
यसले आर्थिक गतिविधिमा तिव्रता प्रदान गरेको मात्र नभएर नेपालमा प्लाष्टिक उद्योगको विकास पनि उल्लेख्य रुपमा भएको छ ।
यसै सन्दर्भमा भारतको गुजरातमा आगामी फेव्रुवरीमा हुन गैरहेको “प्लाष्ट इण्डिया २०१८“ नामको अन्तर्राष्ट्रिय स्तरको १० औं अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी तथा सम्मेलनमा नेपालका धेरै प्लाष्टिक उद्यमीहरुले भाग लिने तथा अवलोकन गर्ने भएका छन् ।
नेपाली प्लाष्टिक उद्योग प्लाष्टिकका समानको आन्तरिक वजारमा माग र आपूर्तिमा आत्म निर्भर तर्फ उन्मुख हुँदै गएको छ ।
नेपालको कृषि क्षेत्रको विकासमा प्लाष्टिकको प्रयोग उल्लेखनीय रुपमा वढदै गइरहेको व्यवसायीहरूले जनाएका छन् ।
सन्दर्भमा ‘प्लाष्ट इण्डिया २०१८’ मा नेपाली उद्यमीहरुले आफना उद्योगको विकास र विस्तारका लागि नयाँ प्रविधिका मेशिनरी औजार, उपकरण र कच्चा पदार्थहरुको उपलव्धता एवं जानकारी पाउने छन् ।















प्रतिक्रिया