काठमाडौँ, १४ मंसिर । विदेशबाट फोन आउँदा नेपालकै नम्बर आए ठगिन सकिने नेपाल टेलिकमले जनाएको छ । अवैध मार्गबाट आउने यस्ता कलले कम्पनी र सरकारकै राजश्वमा समेत असर पर्ने भन्दै टेलिकमले विज्ञप्ति जारी गरी प्रयोगकर्तालाई सचेत गराएको हो ।
नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैद्य मार्गबाट आएको हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिधा वैद्यले जनाएकी छिन् । यसरी आउने कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलेर आएको हुने टेलिकमले जनाएको छ ।
विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने टेलिकमको भनाइ छ । विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी त्यो नम्बर टिपाइदिन टेलिकमले अनुरोध गरेको छ ।















प्रतिक्रिया