२ कार्तिक २०८३, सोमबार

रियल मुर्सियाविरुद्ध बार्सिलोनाको सानदार जित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । कोपा डेल रे फुटबलको गएराति भएको अन्तिम ३२ अन्तर्गतको खेलमा बार्सिलोनाले रियल मुर्सियाविरुद्ध सानदार जित निकालेको छ । बार्सिलोनाले मुर्सियालाई दोस्रो लेगमा ५-० गोल अन्तरले हराएर समग्रमा ८-० को जितसहित अन्तिम १६ मा प्रवेश गरेको छ ।

पहिलो लेगमा बार्सिलोनाले ३-० को जित हासिल गरेको थियो । दोस्रो लेगमा बार्सिलोनाका लागि पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक एक गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।

त्यस्तै गएराति नै भएको खेलमा जित निकाल्दै सेभिल्ला, एथ्लेटिको मड्रिड र लास पालमस पनि अन्तिम १६ मा पुगेको छ । यता एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले भने अन्तिम १६ मा स्थान बनाउन सकेनन् । –एजेन्सी