पोखरा, १३ मंसिर । नेपाली कांग्रेसको भातृ संस्था तरुण दल रुपा गाउँपालिका अध्यक्ष सहितका युवाहरु एमाले प्रवेश गरेका छन् ।
रुपा गाउँपालिका वडा नं ६ रुपाकोटमा आयोजित बामगठबन्धनको चुनावी कोण सभामा तरुण दल गाउँपालिका अध्यक्ष सिंह बहादुर गुरुङ(गोपी),रूपा गाँउपालीका तरण दलका सल्लाहकार एवं युवा ब्यवसायी चन्द्र बहादुर गुरुङ, रुपा ५ देउरालीका तरुण दल अध्यक्ष चन्द्र गुरुङ सहितका युवाहरु लगायतका युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई बामगठबन्धन कास्की क्षेत्र नं १ तर्फका प्रतिनिधि सभाका उम्मेदवार खगराज अधिकारी र प्रदेश सभा क का उम्मेदवार दिपक कोइराले अविर र खादा लगाएर प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश पछि बोल्दै अध्यक्ष गुरुङले अब गाउँ अनि देशको बिकासका लागी बामगठबन्धन एक मात्रै बिकल्प रहेका कारण आफूहरुले कांग्रेस परित्याग गरेको बताए ।
















प्रतिक्रिया