५ कार्तिक २०८३, बिहिबार

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौड्याल नियुक्त

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । ग्लोबल आइएमई बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यस अघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

लण्डनबाट एमबीए गरेका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालिसकेका छन् । उनले सन् १९८७ मा इन्ट्रि लेभलमार्फत नबिल बैंकबाट आफ्नो करियर सुरु गरेका हुन् । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उनी तत्कालिन एनआइसी बैंकमा गएका थिए । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेलेका पौड्यालले त्यहाँ पाँच बर्ष काम गरेपछि फेरि लक्ष्मी बैंक स्थापनाका लागि प्रकृया थाल्न लक्ष्मी बैंकमा गएका थिए । लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए ।

लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव उनीसँग रहेको छ । उनले त्यहाँ साढे चार बर्ष काम गरेको अनुभव संगालेका छन् । त्यसपछि उनले तत्कालिन ग्लोबल बैंकमा सहायक महाप्रबन्धकका रुपमा काम सुरु गरेका थिए । तत्कालिन ग्लोबल बैंकको सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुदै उनी ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन भएका छन् ।