५ कार्तिक २०८३, बिहिबार

‘दिगो आर्थिक विकास हासिलको मार्गमा नेपाल अग्रसर’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ ।

अष्ट्रियाको राजधानी भियनामा जारी संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो)को १७ औँ सम्मेलनमा नेपालले आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो ।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलकी नेत्री एवं उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक विकासका लक्ष्य र उद्देश्य हासिल गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

राष्ट्र संघका लागि भियनास्थित स्थायी नेपाली नियोगका अनुसार नेपालजस्ता अतिकम विकसित मुलुकका लागि दिगो औद्योगिक विकास हासिल गर्न उनीहरुको आन्तरिक प्रयासमा बाह्य मुलुकको सहयोग आवश्यक भएको बताउँदै सचिव खतिवडाले युनिडो तथा विश्वभर रहेका त्यसका साझेदार मुलुकलाई नेपालको अभिमतप्रति सहमति जनाउन आग्रह गर्नुभयो । गत सोमबारदेखि शुरु भएको सम्मेलन शुक्रबार सम्पन्न हुने नियोगले जनाएको छ । रासस