२ कार्तिक २०८३, सोमबार

रियल मेड्रिड अन्तिम १६ मा प्रवेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १३ मंसिर । रियल मड्रिड स्पानिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अवे मैदानमा पहिलो लेग २–० ले जितेको रियलले घरेलु मैदानमा बराबरी खेलेपनि समग्रमा ४–२ को जित हात पार्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको हो ।

गारेथ बेल चोटबाट फर्केको खेलमा रियलका लागि दुवै गो बोया मोयारेलले गरे । सेगुण्डा डिभिजन बी को क्लब फुएनलाब्राडाका लागि लुइस मिला र अल्भारो पोटिला सुवारेजेल १–१ गोल गरे ।

सेल्टा भिगो आइबरलाई तथा लेभान्टे गिरोनालाई समान ३–१ ले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ला लिगाकै लेगानेस भाल्लोडोलिडलाई समग्रमा ३–१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को ला लिगा क्लब मालागा भने सेग्ण्डा डिभिजनको क्लब नुमेन्सियासँग समग्रमा ३–२ ले पराजित हुँदै बाहिरिएको छ । – एजेन्सी