२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीको कार्यक्रममा बिस्फोटः म्यादी प्रहरीको ज्यान गयो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १३ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिकामा भएको बम विष्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको छ ।

चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार कांग्रेसले आयोजना गरेको चुनावी सभा नजिकै अपरिचित समूहले बम विष्फोट गराउँदा चौधरीसहित ९ जना घाइते भएका थिए । चौधरीको अवस्था गम्भीर थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी २३ वर्षीय चौधरीको उपचारका क्रममा बुधबार बिहान साढे दुई बजे कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपाली कांग्रेस दाङले तुलसीपुरस्थित अरनिको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विस्फोट भएको थियो ।

मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले वीरेन्द्र चोकदेखि एक सय मिटर पश्चिम सडकमा बम फयाँके लगत्तै ठूलो आवाजमा विष्फोट भएको थियो ।

बम विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको प्रहरीको आशंका छ । घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।