काठमाडौँ, १२ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमार्फत अब अष्ट्रेलियन डलरको कारोवार गर्न सकिने भएको छ । अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्नीमा आफ्नो अष्ट्रेलियन डलर (AUD) खाता खोली अष्ट्रेलियन डलरको कारोवार सरल रुपमा सुचारु गरिएको बैंकले जानकारी दिएको छ ।
यसबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने बैंकले बताएको छ । अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया