२ कार्तिक २०८३, सोमबार

हुम्लामा यसरी भयो जहाज दुर्घटना, पाइलटसहित ७ घाइते, प्रहरीका सईको अबस्था गम्भीर (फोटो फिचर)

25.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नृपराज हमाल

हुम्ला, १२ मंसिर । हुम्लाको सिमिकोटमा तारा एयरको जहाज दुर्घटना भएको छ ।

हुम्ला सदरमुकाम सिमिकोटबाट उडान भर्ने क्रममा तारा एयरको ९ एनएबीएम कल साइन भएको जहाज बिहान साँढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा जहाजको अगाडि भागमा क्षति पुगेको छ भने पाइलट बसन्त लामा, सहचालक अमित गुरुंग, परिचालिका श्रेया श्रेष्ठसहित ७ जना घाइते भएका छन् ।

चालक दलका तीन जना र १३ जना यात्रु रहेको जहाज सुर्खेत जाँदै थियो । जहाजमा चुनाव सकेर फर्कंदै गरेका नेपाल प्रहरीका सई चित्रबहादुर विष्ट, सई किशोर ऐडी, प्रहरी जवान यामप्रसाद दाहाल र हस्तबहादुर सिंह घाइते भएका छन् । घाइते प्रहरीलाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।

जहाज उड्नसाथ भुईमा खसेको थियो । सर्वसाधारणको घर नजिकै जहाज खसेपछि केहीबेर भागाभाग भएको थियो । निकै ठूलो दुर्घटना टरेको प्रहरीले बताएको छ ।