२ कार्तिक २०८३, सोमबार

‘प्रचण्डलाई एमालेले जिताएर ल्याउँछ, त्यसको ग्यारेन्टी हामी लिन्छौं’

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार एवम् एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् ।

रिपोर्टस क्लब नेपालले गरेको चुनाव लक्षित विशेष साक्षात्कारमा बोल्दै एमालेकातर्फबाट उम्मेदवार बनेका पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताए । उनले अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे ।

‘नेपाली जनता एक पटक कम्युनिष्टहरूका शासन वा वाम गठबन्धनको शासन हेर्न आतुर भएको अवस्था छ’, उनले भने ।

वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हास्यास्पद भएको उनको भनाई छ ।

माओवादीका अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा व्याख्या गर्दै पोखरेलले प्रचण्डलाई जिताउनका लागि लोकतान्त्रिक शक्ति समेत लागि परेको दाबी गरे । प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई थियो ।

एमालेका शतप्रतिशत कार्यकर्ताले प्रचण्डलाई बोकेर हिँडेको उनले बताए । पुसको पहिलो हप्ता एउटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने पोखरेलको दाबी छ ।

प्रचण्डलाई राजनेताको रुपमा स्वीकार गरेको बताउँदै उनले प्रचण्डलाई चुनाव जिताउने जिम्मा आफूले लिने बताए । ‘उहाँको विजयलाई कुनै तागतले रोक्न सक्दैन । जनताले १५ हजारभन्दा बढी मतअन्तरले हराउँछन् भन्नेमा म विश्वस्त छु’, पोखरेलले भने ।