५ कार्तिक २०८३, बिहिबार

बंगलादेशका प्रमुख सूचना आयुक्त चन्द्रागिरिको भ्रमणमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । बंगलादेशका प्रमुख सूचना आयुक्त प्राध्यापक एमडी गुलाम रहमानले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । अनौपचारिक भ्रमणमा आउनुभएका आयुक्तसहितको प्रतिनिधि मण्डललाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।

चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आयुक्त रहमानले चन्द्रागिरि पर्वत आउँदा आफुलाई भित्रैदेखि खुशी मिलेको कुरा उल्लेख गर्नुभएको छ । मन्दिर सहितको उच्च चन्द्रागिरि पर्वत अत्यन्तै मनमोहक रहेको भन्दै आयुक्त रहमानले छुट्टी मनाउनेहरुका लागि नेपाल उपयुक्त स्थान भएको बताउनुभयो । भ्रमणमा नेपाली समकक्षी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा सहभागी हुनुहुन्थ्यो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक मह त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।