२ कार्तिक २०८३, सोमबार

मतदान अधिकृत नै यस्तो अवस्थामा भेटिए, वाम गठबन्धनले पक्राउ गरे

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् ।

नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् ।

मतदान करिब करिब सकिन लाग्दा आज साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन् । उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट पु¥याएको बताइएको छ । यस विषयमा सम्बन्धित निकाय र मुख्य निर्वाचन अधिकृतको कार्यालयलले जवाफ दिएको छैन ।