काठमाडौँ, ९ मंसिर । बिगत ६ बर्षदेखि बेलायतको लण्डनस्थित हायस र साउथ ह्यारो गरी २ ठाउँमा लण्डन फेसन हाउस सञ्चालन गर्दै आएकी फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठले काठमाडौँको खुसीबुस्थित लिंक रोडमा लण्डन फेसन हाउसकै ‘हाउस आफ डिजाइन’ शुरु गरेकी छिन् ।
गैर नेपाली आवसीय संस्था (एनआरएनए) का अध्यक्ष भवन भट्टले शो ‘हाउस आफ डिजाइन’को उद्घाटन गर्दै भने, ‘विदेशमा करिब ४० लाख नेपाली रहेका छन् र उनीहरुलाई हामीले नेपाली उत्पादनको प्रयोगमा प्रोत्साहित गरिरहेका छौँ । लण्डनमा लण्डन फेसन हाउस सञ्चालन गरेसँगै नेपालमा पनि ‘हाउस आफ डिजाइन’ शुरु गरेकी मनिषाको उत्पादन चाडै विश्वका अन्य देशमा पनि पुग्ने विश्वास हामीले लिएका छौँ ।’
अभिनेता तथा कोरियाग्राफर/मोडल प्रशान्त ताम्राकारले मनिषा एक दशकदेखि फेसन डिजाइनमा लागेको र उनले यहाँका डिजाइन र डजाइनरलाई प्रर्बद्धन गर्न यो ‘हाउस आफ डिजाइन’ स्थापना गरेको बताए । एनआरएनए कि महिला संयोजक रजनी प्रधानले पनि एनआरएनए महिलाहरुले देशविदेमा आफ्नो व्यवसाय मार्फत रोजगार सिर्जना गरेको जानकारी गराउँदै फेसन डिजाइनर मनिषा डंगोलले नेपाली फेसनलाई युरोपसँगै विश्वबजारमा पु-याउने विश्वास व्यक्त गरिन् ।
यस्तै लण्डन फेसन हाउस अफ डिजाइनकी निर्देशक मनिषाले बुटिक सञ्चालन गर्न नसकेका डिजाइनरलाई लक्षित गरेर डिजाइन हाउस शुरु गरेको बताइन् । हाल त्यहाँ एक दर्जन डिजाइनरले नेपाली र अन्तर्राष्ट्रिय बजारलाई फेसन डिजाइन गर्दै आएको जनाउँदै उनले अरु डिजाइनरका लागी पनि यो ठाउँ उपयोग हुने बताइन् । उद्घाटन पछि विभिन्न मोडलहरुले ‘हाउस आफ डिजाइन’का नयाँ फेसनको फेसन शो गरेका थिए ।
















प्रतिक्रिया