– राजकुमार ओली
विर्तामोड, ९ कात्तिक । गाँउमा चितुवा पसेको सूचना आएपछि शिवसताक्षी ५ मा पुगेका प्रहरी हवल्दार युवराज थापाले कुस्ती खेलेरै ज्यान बचाएका छन् । धानबारीमा स्याल आएको हुनसक्ने अनुमान गरेका प्रहरीको टोली जब घटनास्थल पुग्यो, तब चितुवा नै आइलागेपछि भागभाग भयो ।
तर, आक्रमणमा परिसकेका हवल्दार युवराज थापालाई जब चितुवाले घाँटीमा आक्रमण गरेर भुँइमा पछार्याे तब थापाले कुस्ती नै खेल्नुको विकल्प थिएन र कुस्ती खेलिरहे । चितुवालाई भुँइमा पछारे र फेरि भागे । भाग्न के लागेका थिए उफ्रेर आएको चितुवाले पुन आक्रमण गर्यो । केहीबेरको कुस्ती खेलमा पराजित हुँदै चितुवाले भागेर ज्यान बचायो । अन्तत धानबारीमा चितुवा हरायो । निक्कै उत्साहित हुँदै हवल्दार थापाले अस्पतालबाट सुनाए । ‘प्रहरी तालिम लिएको र जुडो खेलले रामै्र काम गर्याे । मैले कुस्ती खेली खेली उसलाई भगाउन नसकेको भए धेरै जना घाइते हुनुहुन्थ्यो र म पनि मारिन्थे ।’
मंसिर ६ गते बेलुका एक्कासी गाँउमा चितुवा देखा परेपछि होहल्ला भएको थियो । चितुवाले एक्कासी गाउँलेहरुलाई आक्रमण गरेसगै स्थानीयले प्रहरीलाई खबर गरे । उक्त चितुवाको आक्रमणमा स्थानिय बृद्धसिंह ताजपुरिया शख्त घाइते भएका छन भने गीता खरेललाई समेत आक्रमण गरेको छ । हाल ताजपुरिया र थापाको विर्तामोडस्थित वि एण्ड सि मेडिकल कलेजमा उपचार भइरहेको छ ।
शिवगन्जको भेलामुनी गाउँमा अब कसरी धान काट्ने भन्ने चिन्ता देखिएको छ । गाउँमा आतंक फैलिएको अवस्थामा नेपाल सरकारले केही पनि गर्न सकेको छैन । त्रास फैलिएको छ गाँउमा, सरकार कानमा तेल हालेर बसेको स्थानियवासीहरुको गुनासो छ ।
गत वर्षमात्रै पनि झापाको विर्तामोडमा निल गाईले आतंक मच्चाएको थियो । २ जनाको ज्यान नै लिने गरि निलगाईको आक्रमण भएको झापामा यतिखेर चितुवाको आक्रमणबाट स्थानियवासी निक्कै आतँकित देखिन्छन । पुर्व झापाको बाहुँनडाँगी, भद्रपुर गोलधाप, जलथल, हल्दिवारी लगायतका स्थानमा भारतीय हात्तीको आक्रमण र मध्य झापामा चितुवा आक्रमणले झापाको जनजीवन त्रासमय देखिएको हो ।
घाइते ताजपुरियाले आफू बाच्छु जस्तो नलागेको भएपनि बाँच्न सफल भएको बताए । घाइते ताजपुरियाका आफन्त ज्वाइ पहाडसिहँ ताजपुरीयाले आफ्नो ससुरा भाग्यवश मात्रै बचेको र हाल मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भैइरहेको बताउनुभयो । घटनाले गाँउमा त्रास फैलिएको उहाँले बताउनुभयो ।
जिल्ला वन कार्यलय झापाले चितुवा काण्डलाई नजिकबाट निहालिरहेको बताएको छ । तर, झापामा यतिखेर मानवीय त्रास भने निक्कै फैलिएको पाइएको छ । उक्त चितुवा कहाँबाट आयो र उसको अन्य समूह छ कि छैन भन्ने कुनै अनुमान गर्न नसकिएकोले पनि त्रास फैलिएको बताइएको छ ।
















प्रतिक्रिया