५ कार्तिक २०८३, बिहिबार

अग्नि ग्रुपको नयाँ क्षेत्रीय कार्यालयको कोहलपुरमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विहिबारदेखि कोहोलपुरमा सञ्चालनमा ल्याएको छ । यो कम्पनीको चौथो क्षेत्रीय शाखा कार्यालय हो ।

यसअघि कम्पनीले वीरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख शहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै प्रस्तुत गरिएको कोहोलपुर कार्यालयको समुद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गर्नुभएको थियो । शाखाको शुभारम्भपछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउनुहुनेछ ।

“कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रितनभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनिविशेष ध्यान केन्द्र्रित रहेको” कुरा अर्जुन शर्माले उल्लेख गर्नुभयो । साथै चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिनुभयो ।

साथै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास पनि वहाँले व्यक्त गर्नुभयो । हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।