५ कार्तिक २०८३, बिहिबार

महिन्द्राको गस्टो आर एस स्कुटर नेपाली बजारमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु-ह्विलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले महिन्द्राको गस्टो आर एस स्कुटर नेपाली बजारमा ल्याएको छ ।

महिन्द्रा गस्टोे आर एस स्पोर्टी बडिग्राफिक्सका साथ रातो र सेतो रंग साथै साथै नीलो र सेतो रंगको आकर्षक संयोजनमा ल्याइएको कम्पनीले जनाएको छ । यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनको साथमा नेपाली बजारमा उपलब्ध भएको छ । यसमा १२ इन्च टायरको सथामा १६५ एमएमको ग्राउन्ड क्लियरन्स रहेको छ । साथै यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको बताइएको छ । यसका साथै डिसप्ले प्यानलमा सरल तथा छिटो पहुचका लागी आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ ।

यसको नेपाली बजारमा प्रबर्धनात्मक मूल्य १ लाख ६७ हजार ५०० तोकिएको छ । विशेष गरि यस स्कुटर युवावर्गलाई लक्षित गरी ल्याइएकाले सहजै युवाको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।