५ कार्तिक २०८३, बिहिबार

एनबी इन्सुरेन्सको नाम तथा लोगो परिवर्तन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको नाम तथा लोगो परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन भएर ‘आइएमई जनरल इन्स्योरेन्स लिमिटेड’ भएको छ ।

कम्पनीकोे गत असोज १० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाको निर्णयले कम्पनीको नाम तथा लोगो परिवर्तन गरिएको हो । साथै बीमा समितिबाट मिति भदौ १४ गतेको नाम परिवर्तन सम्बन्धमा प्राप्त सैद्धान्तिक पत्र पश्चात गत कात्तिक ८ गतेको कम्पनी रजिष्ट्रारको कार्यालयबाट नाम र गोलो परिवर्तन भएको कम्पनीले जनाएको छ ।

निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भएपश्चात २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापनसहित २०७२ आषाढ देखि पुनः संचालनमा आएको थियो । आइएमई गु्रपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीको वितग र वर्तमान अवस्थाका बारेमा पे्रसलाई जानकारी दिएका थिए ।