२ कार्तिक २०८३, सोमबार

डडेल्धुरामा ओलीको गर्जनः देउवालाई जनता चाहिँदैन, ज्योतिषीले जिताइहाल्छन् नी !

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको उनकै गृहजिल्लामा कडा आलोचना गरेका छन् ।

विहिबार वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चार पटकसम्म प्रधामन्त्री बनेर देउवाले देश र जनताका लागि सिन्को भाँच्न नसकेको आरोप लगाए ।

एक पटक प्रधानमन्त्री हुने मान्छेले पनि जनताको मनमा बस्ने गरी काम गर्न सक्ने उदाहरण प्रस्तुत गर्दै ओलीले भने– ‘कोही कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा परेर । चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए ?’

ज्योतिषीको भर गर्नेहरुलाई जनता नै नचाहिने भन्दै उनले आफूहरुका उम्मेदवारलाई भने जनताकै भोट चाहिएको जिकिर गरे । ‘कसै कसैलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बनाइसके । उनलाई जनताको आवश्यकता परेन, ज्योतिषीले भनिदिए पुग्छ’, ओलीले भने, ‘तर हाम्रा उम्मेदवार खगराज भट्टलाई जनताले जिताउँछन् । ज्योतिषीलाई दिने पैसा खगराजले यहाँको विकासका लागि लिएर आउँछन् ।’