२ कार्तिक २०८३, सोमबार

प्रकाशको मृत्युबारे के भन्छिन् बिना मगर ?

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । विना मगरले पति प्रकाश दाहालको निधन हुनुमा आफू पनि कारक रहेको हो कि भनेर पछुताउने गरेकी छिन् । घरमा आफू रहेको भए बिरामी पतिलाई समयमा उपचार गराएर बचाउने थिएँ भनेर सान्त्वना दिन आउनेहरूसँग भन्ने गरेकी हुन् ।

हृदयघातका कारण अल्पायुमै निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिनाले आफू निर्वाचनमा उम्मेदवार नभएको भए पतिको उपचार हुन नपाएर मृत्यु हेन अवस्था आउँदैन थियो भन्ने गरेको एक नेताले बताए ।

प्रतिनिसभामा कञ्चनपुर–१ बट उम्मेदवार बनेकी बिना चुनावी प्रचारका सिलसिलामा जिल्लामै व्यस्त रहेका बेला प्रकाशको ३ मंसिरमा निधन भएको थियो । हृदयघात भएका बेला प्रकाशसँग लाजिम्पाट निवासमा आमा सीता र दुई भान्जी मात्र थिए ।

समवेदना प्रकट गर्न आउने गरेकाहरूसँग बिनाले चुनावमा उम्मेदवार बनेका कारण प्रकाशलाई आफूले गुमाउनुपरेको बताउने गरेकी छिन् ।

‘उम्मेदवार नभएको भए प्रकाशलाई बिरामी भएका बेला स्याहार गर्न सक्ने र हृदयघात भएकाबेला समयमै अस्पताल लैजान सकिने थियो’, बिनालाई उदृत र्दै एक नेताले बताए ।

प्रकाशको निधन भएको भोलिपल्ट समवेदना प्रकट गर्न गएका एमाले कञ्चनपुरका अध्यक्ष एवं प्रदेशसभा उम्मेदवार तारालामा तामाङ र एमाओवादी केन्द्रका पोलिट ब्युरो सदस्य सरल भाटलगायतका नेतासँगको भेटमा बिनाले प्रकाशको निधन हुनुमा आफ्नो पनि दोष रहेको बताएकी हुन् ।