२ कार्तिक २०८३, सोमबार

डीआईजी पुष्कर कार्कीको अर्काे सफलताः सीआईबीले समात्यो ‘नेपाली रामरहिम’

16.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले साइबर अपराध र बाल यौन दुर्व्यवहारको मुद्दामा एक ‘हाई प्रोफाइल’ धर्मगुरुलाई राजधानीबाट पक्राउ गरेको छ ।

भारतमा धर्मको आडमा अपराध गर्ने चर्चित गुरु रामरहिम जेल गएका बेला सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीको कमाण्डमा मंगलबार चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरिएको हो ।

घटनाको विषयमा सीआईबीले आजै पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ । डीआईजी कार्कीका अनुसार युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राखेको आरोपमा उनी पक्राउ परेका हुन् । धर्मका आडमा अपराध गर्ने लामाविरुद्ध प्रहरीमा आधा दर्जन उजुरी समेत परेका छन् ।

ती धर्मगुरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धानको काम भइरहेको डीआईजी कार्कीले बताए ।

पक्राउ परेका यी ‘हाइप्रोफाइल’ धर्मगुरुले विभिन्न युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाउने गरेका थिए ।

केही समयअघि भारतमा धर्मगुरुको नाममा अवैध काम गर्ने धर्मगुरु राम रहिमको पक्राउको विषयमा विश्वव्यापीरुपमा चर्चा कमाएको थियो ।