२२ कार्तिक २०८३, आइतबार

कार्यालय हाताभित्रै महिलामाथि आक्रमण गर्ने दलाल पक्राउ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । काठमाडौंको बलम्बुस्थित यातायात ब्यबस्था कार्यालयमा मोटरसाइकलको ब्लुबुक नबीकरण गर्न गएकी एक महिलामाथि आक्रमण गर्ने दलाल चार दिनपछि पक्राउ परेका छन् ।

अनिश राई नामक दलालले ब्लुबुक नबीकरण गर्न लाइनमा बसेकी शारदा पाण्डेलाई कार्यालयको हाताभित्रै आक्रमण गरी घाइते बनाएका थिए ।

यातायात ब्यबस्था कार्यालयकै कर्मचारीले कमीसनको स्वादमा बलम्बुको कुनामा कार्यालय सारेपछि कार्यालय हाताभित्रै आक्रमण, चोरी लगायतका घटना बढेका छन् ।

दलाली र कार्यालयका कर्मचारीहरूको मिलोमतोमा इन्स्युरेन्स गराउनेदेखि चाँडो काम गराइदिने भनी केही दलालले सो कार्यालय हाताभित्र काम गर्ने ठेक्का पाएको एक कर्मचारीले बताए । जब कुनै दलालले भनेको भएन भने सेबाग्राहीमाथि नै आक्रमण गर्ने गर्छन् । कार्यालयका कर्मचारीहरु नदेखेझै गर्छन् ।

बुद्धनगरबाट ब्लुबुक नबीकरणका लागि पुगेकी शारदालाई यातायात ब्यबस्था कार्यालयमा पुग्दा तीन घण्टा लागेको थियो । तीन घण्टामा कार्यालय पुगेर लाइनमा बसेको एकैछिनमा दलालको सहयोग नलिएको झोकमा उनीमाथि आक्रमण भएको थियो ।

अन्य दलालहरू समेतको सल्लाहमा अनिश राईले शारदा पौडेललाई कुटपिट गरेका थिए । शारदामाथि आक्रमणका समाचार प्रकाशमा आएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

बुधबार प्रहरीले राईलाई पक्राउ गरी थानकोट चौकीमा थुनामा राखेको छ । शारदा पाण्डेले प्रहरी कार्यालयमा आबश्यक कारबाहीका लागि निबेदन समेत दर्ता गराएकी छिन ।