पाल्पा, ७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा क्षेत्र नम्वर २ पाल्पाका उम्मेदवार हरिप्रसाद नेपालले शान्ति, सुशासन, विकास र समृद्धिका लागि मुलुकमा कांग्रेसको नेतृत्व आवश्यक भएकोले आसन्न निर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष अनुरोध गरेका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा बग्नासकाली गाउँपालिकाको चिर्तुङ्गधारा र पोखराथोकमा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा उम्मेद्वार नेपालले सो कुरा बताका हुन् ।
कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले संविधान कार्यान्वयन, लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिको जनताको सपना नेपाली कांग्रेस विना संभव नभएको बताए ।
कार्यक्रममा प्रदेश सभाका समानुपातिक तर्फका उम्मेदवार तथा पार्टी सभापति वीरबहादुर रानाले बाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था लिएर आउने हुदाँ त्यसतर्फ सचेत रहन मतदातालाई आग्रह गरे ।
कार्यक्रमा प्रदेश सभाका उम्मेदवार माधव नेपालले समग्र पाल्पाको विकास र पाल्पाली जनताको उन्नतिका लागी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन मतदातालाई आग्रह गरेका छन् ।












प्रतिक्रिया