५ कार्तिक २०८३, बिहिबार

टाटा मोटर्सको एसयूभी टाटा हेक्जा नेपाली बजारमा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौँ, ६ मंसिर । टाटा मोटर्सले एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्राएको छ । नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत गेएन्टर बटचेकले बुधबार पहिलो समूहको एघार जना ग्राहकहरुलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गरेका छन् ।

नेपाल भरि उपलब्ध गराईने हेक्साको एक्स–टीका विभिन्न मोडलहरुको मूल्य ७७ लाख ९५ हजार पर्नेछ । हेक्साको बिक्री शुभारम्भ गर्दै टाटा मोटर्सका सिईओ तथा एमडीले बटचेकले भने, ‘हामीले टाटा मोटर्सको तर्पmबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौँ र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ । हामीले नेपालको ग्राहकहरुलाई बढी ढाँचावान, आफ्नो जीवनको सोख अनुसारको गाडी होस भन्ने चाहना छ भन्ने कुरा बुझेका छौँ र टाटा हेक्साले त्यही अनुरुप ग्राहकको बढ्दो चाहना पूरा गर्ने महत्वपूर्ण पहल गरेको छ । हामी आशावादी छौँ नेपाल भित्र नयाँ युग अनुसार गाडी मन पराउने ग्राहकहरु माझ धेरै प्रतिस्पर्धात्मक बजारको बावजुद पनि यसले तरंग ल्याउने छ र यो पूर्ण प्याकेज सहितको गाडी चाँडै लोकप्रिय हुनेछ ।’

टाटा हेक्सा २२०० सीसी भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४x४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषतादिएको छ ।

विभिन्न थरिको बाटोमा पनि स्थिर तथा आनन्ददायी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएका छन् । प्रयोगकर्ताको आफ्नो प्राथमिकताअनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ ।

यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमाविभिन्नविशेषताहरुसहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ ।