काठमाडौँ, ६ मंसिर । जिब्रोको क्यान्सर भएर उपचारमा समस्या भएका रुकुम आठबिसकोट नगरपालिका–९ का प्रिथबहादुर खत्रीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रम संगीत सरोबरको पहलमा विभिन्न संगीतप्रमीहरुबाट प्राप्त २८ हजार १०१ रुपैयाँ रकम राजधानीको अनामनगरस्थित संवाद डबलीमा बुधबार हस्तान्तरण गरिएको हो ।
कार्यक्रम सञ्चालक राजु बोहराले पीडित खत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका गरेका थिए । संगीत सरोबर रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा पनि संचालन भइरहेको छ । बोहराले क्यान्सर पीडितलाई सहयोग पु¥याउने उद्देश्यमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे । एक वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित खत्रीको हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा प्रत्येक महिना किमोथेरापी भइरहेको छ । एकपटकको थेरापी गर्न एक लाख रुपैयाँ खर्च लाग्ने गरेको पीडित परिवारले जानकारी दियो । आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचारका लागि सहयोग गर्न आग्रह समेत बिरामी खत्रीले आग्रह गरे ।












प्रतिक्रिया