काठमाडौं । हिन्दू राष्ट्रको माग गर्दै शिव सेना नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
नयाँ बानेश्वरस्थित पानी ट्यांकीमा जम्मा भएर शिव सेनाले पशुपतिनाथको मन्दिरसम्म प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा हिन्दू धर्मप्रति आस्था राख्नेहरूलाई साढे १ बजे जम्मा हुन आग्रह गरिएको शिव सेना नेपालका अनिल बाबा बस्नेतले जानकारी दिए ।
नेपाललाई धर्मनिरपेक्ष बनाएपछि शिव सेना नेपालले विरोध गर्दै आएको छ । उसले विभिन्न चरणमा हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन समेत गरिरहेको छ ।












प्रतिक्रिया