काठमाडौं, ६ मंसिर । संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ ।
केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा मुख्य मन्त्रीसहित राज्य मन्त्री तथा सहायक मन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
संविधानतः यसभन्दा कम संख्यामा मन्त्रीमण्डल गठन गर्न सकिने भए पनि आकांक्षीको व्यवस्थापन गर्नुपर्दा अधिकतम संख्या नै पुग्ने देखिन्छ ।
मन्त्रीको संख्या बढेसँगै सरकारको खर्चमा पनि ठूलो चाप पर्ने देखिन्छ । अहिलेकै स्थितिमा सरकारी खर्च धान्न मुस्किल भइरहेको परिप्रेक्ष्यमा सरकारको लागि संघीय खर्चको जोहो गर्नु चुनौतीपूर्ण हुनेछ ।












प्रतिक्रिया