१४ कार्तिक २०८३, शनिबार

हिंसात्मक घटना बढेपछि नेपाली सेना बाहिर आउँदै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ । यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारी मात्र थियो ।

तर, यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी रहेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

निर्वाचनको मुखमै हिंसात्मक घटना हुन थालेपछि निर्वाचन आयोगनले सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर चासो व्यक्त गरेको छ ।

निर्वाचन विथोल्न उद्देश्यले विभिन्न ठाउँमा घटना गराइएको र यो अवस्था कसरी आयो, कहाँकहाँ आयो भनेर समिक्षा भएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए ।

सयुक्त गस्ती टोलीको नेतृत्वसँगै आवस्यकता अनुसार सेनाले हवाई पेट्रोलिङसमेत गर्ने उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजकसमेत रहेका शाहले बताए ।