१४ कार्तिक २०८३, शनिबार

चुनावको मुखमा भारतले फेरि दियो नेपाललाई दुःख

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । भारतले नेपाल आउने मलमा रोक लगाएको छ । कोलकताबाट वीरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ ।

लोड गरिएको मल पनि नेपाल नआउँदा मलको अभाव भएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

हिउँदे बाली लगाउने मुखमै नेपालमा मल अभाव हुँदा किसानहरू मर्कामा परेका छन् ।

जामको कारण देखाउँदा भारतीय रेलवेले पटकपटक विभिन्न सामग्रीमा अवरोध गर्दैै आएको छ ।

तेस्रो देशबाट आउने प्राय सामानमा भारतीय रेलवेले यस्तै अवरोध गर्दै आएको छ ।

कोलकतामा रेलवे ¥याक उपलब्ध नगराउँदा ढुवानीमा समस्या भएको ठेकेदार सुशील जोशीले जानकारी दिए ।