२२ कार्तिक २०८३, आइतबार

बर्दियामा बाघको आक्रमणबाट एक महिला घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया, ५ मंसिर । बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । जिल्लाको खाता जैविक मार्गअन्र्तगत पर्ने एक सामुदायिक वनमा घास काट्न गएकी मधुवन नगरपालिका–३ कि ५० वर्षीया विष्णु बुढाथोकीलाई मंगलबार दिउँसो बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट महिला घाइते भएको स्थानिय हरि गुरुङ्गले जानकारी दिए । बाघको आक्रमणबाट घाइते महिलाको घाँटीमा र खुट्टा ठूलो घाउ लागेको छ । यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

घाँस काट्नसँगै गएका साथीहरुले होहल्ला गरेपछी बाघले महिलालाई घाइते अवस्थामा छाडेको स्थानीयले बासिन्दाले बताएका छन् । घाइतेलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज लगिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।