२२ कार्तिक २०८३, आइतबार

देश विकासको आधार शिक्षाः एमाले नेता घर्ती

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ५ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा नेता गोकुलप्रसाद घर्तीले शिक्षा देश बिकासको आधार भएको बताउनुभएको छ । शिक्षाले समाजिक चेतनाको स्तर माथी उठाउने बताउर्दै प्राबिधिक शिक्षामा समेत ध्यान दिनुपर्ने बताउनुभयो । “अब हामीले हाम्रो शिक्षा प्रणालीमा सोच्नु पर्छ” उहाँले भन्नुभयो ।

टंकप्रसाद आर्चाय स्मृति प्रतिष्ठान डा.अगष्टा मलोनर काठमाण्डौँको आर्थिक सहयोग तथा बिकास सरोकार समाज रोल्पाको आयोजनामा भएको छात्रबृत्ति बितरण कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिष्ठानको प्रतिनिधिको तर्फबाट बोल्र्दै नेता घर्तीले रोल्पाली बालबालिकाहरुको लागि संख्या र रकम बृद्धि गर्नेमा आफुले प्रतिष्ठान संग पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

जिल्लाभरका १ देखि १२ कक्षा सम्मका १०७ जना बिद्यार्थीहरुले छात्रबृत्ति पाएको छात्रबृत्ति छनौट समितिका संयोजक मनसिंङ डाँगीले जानकारी दिनुभयो । २०६५ साल देखि हाल सम्म गरिब, असाहय, जेहेन्दार बिद्यार्थीहरुले बिभिन्न तह अनुसारको सहयोग रकम पाएका छन ।

बिकास सरोकार समाज – डिकोस रोल्पाका अध्यक्ष कर्ण बहादुर बाँठाको अध्यक्षता तथा प्रतिष्ठानका प्रतिनिधि एब्म एमाले नेता घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरे, महिला बिकास अधिकृत लोकेन्द्र आर्चाय, खेलकुद बिकास समिति रोल्पाका अध्यक्ष ओमराज घर्ती, छात्रबृत्ति छनौट समितिका संयोजक मनसिंङ लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
श्रवणकुमार नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन नर बहादुर बाँठाले गर्नुभएको थियो ।