१४ कार्तिक २०८३, शनिबार

चुनावमा लम्किने समानुपातिकमा चम्किने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभामा ३३ प्रतिशत र प्रदेशसभामा ५० प्रतिशत महिलाको प्रतिनिधित्व कानुनले अनिवार्य गरे पनि अधिकांश दलले १० प्रतिशत महिलालाई समेत उम्मेदवार बनाएका छैनन् ।

प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र माओवादीले सात प्रतिशत महिलालाई समेत अवसर दिएको छैन । उम्मेदवार बनाएका महिलालाई सुरक्षित क्षेत्र पनि दिइएको छैन । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले प्रतिनिधिसभामा १६५ मध्ये १५४ क्षेत्रमा उम्मेदवार बनाएकोमा ९ जना महिलालाई मात्रै प्रत्यक्षमा टिकट दिएको छ । टिकट दिएकामध्ये अधिकांशमहिलाको क्षेत्र कमजोर मानिन्छ ।

नेकपा एमालेले एक सय तीन स्थानमा उम्मेदवारी दिएकोमा पाँच जनालाई र नेकपा माओवादी केन्द्रले चार जना महिलालाई मात्र उम्मेदवार बनाएको छ । राप्रपा राप्रपा प्रजातान्त्रिकले क्रमश ६ र ५ क्षेत्रमा मात्र उम्मेदवारी दिए पनि एक क्षेत्रमा पनि महिलालाई उम्मेदवारी दिइएको छ ।

मधेशकेन्द्रीत दल संघीय समाजवादी फोरमले १ सय ७ जना उम्मेदवार उठाए पनि चार जना महिलालाई मात्र उम्मेदवार बनाएको छ। ६५ स्थानमा उम्मेदवार उठाएको राजपा पनि ६ जना भन्दा बढी महिलालाई उम्मेदवार बनाएको छैन ।

प्रतिनिधिसभाको निर्वाचनमा ९५ वटा दल र स्वतन्त्र गरी एक हजार नौं सय ४५ जनाले उम्मेदवारी दिए पनि २७ वटा पार्टीका १ सय ४६ जना मात्र महिला उम्मेदवार छन् ।

प्रमुख दलले महिला उम्मेदवार उठाएको अधिकांशनिर्वाचन क्षेत्रमा विपक्षी दलका प्रभावशाली उम्मेदवार हुने वा विपक्षी पार्टीको पकड क्षेत्र हुने गरेको छ। जसले गर्दा महिला उम्मेदवारलाई सहज निर्वाचनमा जित हासिल गर्न कठिन देखिन्छन् ।

कांग्रेसले उम्मेदवार बनाएका नौं मध्ये ५ वा ६ जनाले मात्र निर्वाचन जित्न सक्ने आंकलन गरिएको छ ।

तेह्रथुममा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी केन्द्रीय सदस्य सीता गुरूङ यसअघिको संविधानसभामा निर्वाचित एमालेका भवानी खापुङसँग प्रतिष्पर्धा गर्दैछिन् ।

खोटाङबाट प्रतिनिधिसभामा उम्मेदवार भएकी सरस्वती बजिमय पनि अघिल्लो निर्वाचनमा बिजयी एमालेकै बिसाल भट्टराईसंग प्रतिष्पर्धा गर्दैछिन् ।

कांग्रेसबाट उम्मेदवार भएकी महालक्ष्मी उपाध्याय मकवानपुर २ मा एमालेका बिरोध खतिवडासँग प्रतिष्पर्धा गर्दैछिन् । यसअघि सो क्षेत्रबाट एमालेले नैं जितेको थियो । महोत्तरी २ वाट उम्मेदवार भएकी किरण यादवसँग ६ मधेशकेन्द्रीत दल मिलेर बनेको राजपाका अध्यक्ष मण्डलका शरत्सिंह भण्डारी प्रतिष्पर्धी छन् ।

दाङ १ वाट उम्मेदवार भएकी सुशीला चौधरी एमाले र माओवादी गठबन्धनका उम्मेदवारसँग प्रतिष्पर्धा गरिरहेकी छन् । बागलुङ १ वाट उम्मेदवार भएकी चम्पादेवी खड्काबिरूद्ध राष्टिय जनामोर्चा र माओवादीको समर्थनमा एमालेका सूर्यप्रसाद पाठक प्रतिष्र्धामा छन ।

कैलाली ५ मा कांग्रेसबाट प्रधानमन्त्री देउवापत्नी डा. आरजु चुनावी मैदानमा छिन् । त्यहाँ एमालेका उम्मेदवारसँग उनको टक्कर परिरहेको छ भने कैलाली एकमा भने कांग्रेसकी इश्वरी न्यौपाने एमालेकी मदनकुमारी शाहबीच प्रतिष्पर्धा छ ।

एमालेले उम्मेदवार बनाएको भगवती चौधरीलाई फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका बिजयकुमार गच्छदारले टक्कर दिएका छन भने उदयपुर १ मा एमालेको तर्फबाट उम्मेदवार बनेकी मञ्जुकुमारी चौधरीसँग कांग्रेसका डा.नारायण खड्का प्रतिष्पर्धा गर्दैछन्। गच्छदार र खड्का दुवैले यसअघिको संविधानसभा निर्वाचनमा बिजय हासिल गरेका थिए ।

झापा २ वाट उम्मेदवार बनेकी पवित्रा खरेल निरौलाले झापा कांग्रेसका सभापति उद्धव थापासँग प्रतिष्पर्धा गर्नुपरेको छ भने स्याङ्जा २ वाट उम्मेदवार बनेकी एमालेकी पद्माकुमरी अर्यालले उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका हेभिवेट नेता गोपालमान श्रेष्ठसँग टक्कर लिँदैछिन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषाल यसअघिको संविधान सभा निर्वाचनमा एमालेलाई भारी मतले पराजित गर्न सफल कांग्रेसका मदनबहादुर अमात्यसँग प्रतिष्पर्धा गर्दैछिन् । माओवादीको तर्फबाट उम्मेदवार भएकी उर्मिला अर्याल पर्षा ४ मा कांग्रेसका रमेश रिजाल र राजपाका लक्ष्मणलाल कर्णसँग दोहोरो प्रतिष्पर्धामा छिन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसका दिवानसिंह विष्टसाग पराजित माओवादीकी विना थापामगर यसपटक कञ्चनपुरमा उनैसँग प्रतिष्पर्धामा उत्रिएकी छन् । रूकुम (पूर्व) बाट उम्मेदवार बनेकी कमला रोक्का पार्टी भित्रको आन्तरिक असन्तुष्टिलाई व्यवस्थापन गर्दै कांग्रेसका शरिशंकर रोक्का मगरसँग भिँड्दैछिन् ।