बर्दिया, ४ मंसिर । आसन्न मंशिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । बर्दिया क्षेत्र नम्बर २ का बाम गठबन्धन(माओबादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तकुमार थारु र क्षेत्र नम्बर २(२)का प्रदेश सभा सदस्यका उम्मेदवार दिपेश थारु(राजेश)ले संयुक्त रुपमा एकैदिन बिभिन्न ४ स्थानमा चुनाबी सभा गर्नु भएको छ ।
चुनाबी सभालाई सम्बोधन गर्दै बर्तमान पशुपंक्षी बिकास मन्त्री समेत रहनु भएका सन्तकुमार थारुले बर्दिया जिल्लाको बिकासका लागि रोडम्याप बनाई सकेको बनाउनु भएको छ । बर्दिया जिल्लाको सम्पुर्ण समस्या समाधानको लागि योजना बनाएको र ती कुराहरु बाम गठबन्धको संयुक्त घोषणा पत्रमा उल्लेख गरीसकेको बताउनु भएको छ । बर्दियाको बिकासका लागि ५ बर्ष भित्रमा मोटरबाटोलाई कालोपत्रे गर्ने, बर्दियाका नदी तथा खोलाहरुको घाटहरुमा पुल निर्माण गर्ने बताउनु भएको छ ।
मन्त्री थारुले बिगतका निर्वाचन जितेर गएर नेपाली जनताको पक्षमा जन संबिधान बनाएको र आफुहरुको मुदा धेरै जसो सुनिश्चित भईसकेको र केही मुदाहरु संशोधन गर्न बाँकी रहेको र त्यसको लागि लडिनै रहेको बताउनु भएको छ । अब आफु जितेर गएपछि आर्थिक, सामाजिक, संस्कृति बिकासमा लागि डटेर काम गर्ने बताउनु भएको छ । बर्दिया जिल्ला कृषि पेशामा आधारित त्यसमा राजपुरक्षेत्र झन अन्नको भन्डार भएकोले कृषि आधुनिकिकरण गर्ने पक्षमा लाग्ने बताउनु भएको छ ।
किसानलाई बिउ, मल, प्रबिधिमा सहुलेतको ब्यबस्था गरि कृषि सुपर जोन क्षेत्रको रुपमा बिकास गरि नमुना क्षेत्र बनाउनु भएको छ । बर्दियाको राजापुर तापु भएकोले बाढी र डुवानबाट पुर्ण सुरक्षित बनाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने बताउनु भएको छ । अहिले पनि कसिनहरुले खेतिको समयमा मल नपाउने, उत्पादन भएपछि मुल्य नपाउने अबस्थालाई अत्न्य गरि कृषकहरुलाई उत्साहित र प्रोत्साहन दिने खालको कार्यक्रम ल्याउने बताउनु भएको छ ।
यसैगरी प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश थारु (राजेश)ले राजापुर क्षेत्रलाई नमुना बिकास सिल क्षेत्र बनाउनलाई बाम गठबन्धनले मात्र गर्न सक्ने ठोकुवा गर्नु भएको छ । राजापुर क्षेत्रको सडकबाटो बिस्तार गरेर नगरपालिका र गाँउपालिको केन्द्रमा चत्रपथ निर्माण गर्ने, माबि तहको शिक्षालाई पुर्ण रुपमा निशुल्क बनाउने, एक नगर वा गाँउपालिकालाई फरक प्राबिधिक शिक्षालय बनाउने बताउनु भएको छ ।
राजापुरको वडा नम्बर ३ नग्गापुर, टेँडीया, वडा नम्बर ७ संकरपुरमा बाम गठबन्धनका उम्मेदवारहरु,साँसद मानबहादुर थारु, बाम गठबन्धनका कार्यकर्ताहरु उत्साहका साथ चुनावी प्रचारप्रसारमा लागेको राजापुर माओबादी केन्द्रका सचिब रमेश चौधरीले जानकारी गराउनु भएको छ ।












प्रतिक्रिया