बारा, ४ मंसिर । बामगठबन्धनका साझा उम्मेदबारहरु लाई बिजयी बनाउन बाराको रामबनमा आज कार्यकर्ता भेला सम्पन्न भएको छ । बारा क्षेत्र नम्बर ४(क) जीतपुर सिमरा वडा नम्बर ३ र ६ को संयुक्त भेला एमाले केन्द्रीय सदस्य तथा बाराका सह ईञ्चार्ज दिनेश राईको प्रमुख आतिथ्यतामा माओवादी केन्द्र बारा संयोजक क्षेत्र बहादुर श्रेष्ठको बिशेष अतिथ्यतामा सम्पन्न भएको थियो ।
भेलामा एमाले बारा अध्यक्ष तथा प्रदेश सभा उम्मेदवार सुन्दर बिश्वकर्मा, एमाले बारा उपाध्यक्ष तथा प्रतिनिधि सभाका बारा क्षेत्र नम्बर ४का उम्मेदबार देबनारायण चौधरी,जितपुर सिमराका मेयर कृष्ण पौडेल, एमाले बाराका प्रचार बिभाग प्रमुख एवम क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल,माओबादी केन्द्रका जग्नाथ घिमिरे, प्रेम बराल,लक्ष्मि ढकाल,एमालेका कृष्ण खनाल,तारा कार्की, दिपक बिक लगायतले बोल्नु भएको थियो । त्यसै गरी आजै बाम गठबन्धनका साझा उम्मेदबारले परबानिपुरको रामपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
सो कार्यक्रममा नेकपा एमालेका नेता एवम प्रतिनिधि सभा बारा क्षेत्र नम्बर ४ का उम्मेदबार देबनारायण चौधरी,माओबादी केन्द्रका नेता एवंम प्रदेससभा ४(ख)का उम्मेदबार उमेस कुसवाहा,क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल, जिल्ला सचिर्वालय सदस्य अमर यादब, प्रदेस सभा ४(ख) का संयोजक भर्मदेब यादब,माओबादी केन्द्रका संयोजक लबकुस बैठा,एमाले एमाले नेताहरु रामक्षेत्रि पटेल, उमेस गुप्ता, माओबादी नेता लाल बहादुर पटेल लगायतको सहभागिता रहेको थियो ।
त्यसै गरी आजै बाम गठबन्धनका साझा उम्मेदबारले जितपुर सिमराको औराहामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । सो कार्यक्रममा प्रतिनिधि सभा बारा क्षेत्र नम्बर ४ का उम्मेदबार देबनारायण चौधरी, प्रदेससभा ४(क)का उम्मेदबार सुन्दर बिक, बाराका सह ईञ्चार्ज दिनेश राई, माओवादी केन्द्र बारा संयोजक क्षेत्र बहादुर श्रेष्ठ, एमाले प्रदेस कमिटी सदस्य सिता गुरुगं, जितपुर सिमराका मेयर कृष्ण पौडेल, एमाले बाराका प्रचार बिभाग प्रमुख एवम क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल, एमाले प्रदेस क्षेत्रिय संयोजक कमलेस झा, माओबादी केन्द्रका प्रदेस क्षेत्रिय संयोजक राजन पौडेल, प्रेम बराल, लक्ष्मि ढकाल, एमालेका बिध्या थापा, कृष्ण खनाल, दिनेश्वर ठाकुर, कोपिला सिम्दडा, तारा कार्की, पुर्ण चन्द्र तिमल्सिना, वडा अध्यक्ष्यहरु इश्वर खत्रि, अस्लम देबान, दिपक बिक लगायतको सहभागिता रहेको थियो ।













प्रतिक्रिया