बडहरी (धनुषा), ४ मंसिर । खानेपानी तथा सरसफाइ मन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं ४ नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मधेशी जनता र मधेशको हित चाहने पार्टी नेपाली कांग्रेस मात्र भएको बताउनुभएको छ ।
निर्वाचन क्षेत्र नं ४ अन्तर्गत पर्ने तुलसी र बडहरीमा आयोजित नेपाली कांग्रेसको कार्यक्रमलार्इ सम्बोधन गर्दै यादवले संविधान संशोधन मार्फत मधेशलार्इ अधिकार सम्पन्न बनाउने कार्यको नेतृत्व नेपाली कांग्रेसले नै लिएको बताउनुभयो । उहाँले एमालेको असहयोगको कारण मधेशी जनताको भावना अनुरुपको संविधान संशोधनको प्रयास सफल हुन नसकेको बताउदै निर्वाचन पछि बन्ने नेपाली कांग्रेसको नेतृत्वले बाँकी जिम्मेवारी पूरा गर्नै बताउनुभयो ।
कांग्रेस नेता यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने एमालेले राष्ट्रवादका नाममा विभिन्न भागमा बस्ने र विभिन्न सम्प्रदायका नेपाली बीचमा विभेद सिर्जना गर्न खोजेको बताउभयो । उहाँले नेपाली जनतालाई विभाजन गर्ने एमाले प्रवृतीलाई यो चुनावबाट परास्त गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले, माओवादीका दर्जनौ नेता कार्यकर्ता सहित करिब ४ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
उनीहरुलाई धनुषा क्षेत्र नम्बर ४ नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार एवम् मन्त्री महेन्द्र यादव र क्षेत्र नम्बर ४ “ख“ का प्रदेश सभाका उम्मेदवार बासुलाल महतोले अबिर माला लगाएर स्वागत गर्नुभएको थियो ।













प्रतिक्रिया