
काठमाडौं, ४ मंसिर । ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका राहदानी नम्बर ई २०८७४९८८ बाहक चिनिया नागरिक ५० वर्षीय मिङ्ग जाङ्गलाई अवैध रुपमा लैजान लागेको विभिन्न देशका मुद्रासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा ह्याण्डब्यागेज जाँच गर्नेक्रममा ह्याण्डक्यारीमा रहेको झोलाभित्र चाइनिज यान १५ हजार १ सय, अमेरिकी डलर ३४ हजार ७ सय ३०, कोरियन ३ लाख २७ हजार, पाउण्ड स्टर्लिङ १ हजार ८५, युरो ५ सय ३५, भुटानी ५ हजार ५ र टुजुगो क्रोनर ४० सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
निजलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको छ ।












प्रतिक्रिया